‘मुनामदन’ नाटक सुन्दरहरैचा हुने


बेलबारी, कार्तिक १० /  सुन्दरहरैचा नगरपालिकाको सलकपुरमा ‘मुनामदन’ नाटक कार्तिक १७ गते देखी हुने भएको छ । नाटक प्रस्तुत गर्ने स्थल सुन्दरहरैचा वाड नं.८ स्थित सलकपुरमा रहेको दुर्गादेवी दुलाल स्पोर्टस ग्राममा शनिवार पत्रकार सम्मेलन गर्दौ आयोजकले सो जनाकारी दिएका हुन ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’ मा आधारित नाटकले काठमाडौँको शिल्पी थिएटरमा दर्शकहरूको मन जित्न सफल भैसकेको छ भने विराटनगरमा पनि नाटकलाई दर्शकहरूले अत्यधिक रुचाइएको नाटक निर्देशक सविन कट्टेल बताउछन ।

‘मुनामदन’ लाई सुन्दरहरैचामा कार्तिक १७, १८ र १९ गते ३ दिन सम्म प्रस्तुत गर्ने कार्यक्रम संयोजक शरद ढकालले बताए । नाटक हेर्नलाई रु.१००, रु.२०० र रु.५०० सम्म प्रति व्यक्ति टिकट रहेको व्यवस्थापक सन्देश बाराकोटीले जनाएका छन् । नाटक प्रत्येक दिन बेलुकी ६ बजे देखी ७ : १० बजे सम्म प्रतुस्त हुने व्यवस्थापक बाराकोटीले बताए ।

शिल्पी थिएटरको सहकार्यमा तथा विराट आदर्श साहित्य मञ्चको आयोजना हुन लागेको यस नाटकलाई नाट्य रूपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कटुवाल दीपकले गरेका हुन् भने निर्देशक सवीन कट्टेलले गरेका छन् ।

नाटक निर्देशक तथा शिल्पी थिएटरका कलाकार पनि रहेका सवीनको अनुभवमा काठमाडौँ बाहिर नाटक गर्न आर्थिक रूपमा गारो हुने बताउछन । ‘मुनामदन’ ले पक्कै पनि सुन्दरहरैचा लगायत छिमेकी नगरपालिकाबाट हेर्न आउनु हुने दर्शकहरूको मन जित्न सफल हुनेमा निर्देशक कट्टेल विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्