आगलागी पीडित परिवारलाई राहत वितरण


डागिहाँट / बेलबारी ९का आगालागि पीडित सुरेन्द्र राजबशिलाई नगरपालिकाले राहत वितरण गरेको छ ।

आगलागी पीडित राजवशिको घरमै पुगेर नगद १५ हजार राहत स्वरूप नगरपालिकाले दिएको थियो । राहत दिँदै नगरपालिकाकी उप प्रमुख ढाका कुमारी पराजुलीले आपत् बिपतमा परेको नगरवासीहरूलाई तत्काल राहत उपलब्ध गराउने बताइन ।

राहत लिँदै सुरेन्द्रकी श्रीमती सुस्मा राजबशिले स्थानीय सरकारको आभास भएको बताएकी छन् । बिहीबार दिउसो ग्यास बालेर घर खेतमा धान काट्न गएको समयमा आगलागी हुँदा राजवशिको ५० हजार भन्दा बढीको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्