टोल संस्था स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको विजेता हिमाली,बेतना टिम


बेलबारी / बेलबारी नगरपालिका वाड नं. ४ द्वारा आयोजित टोल विकास संस्था स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि हिमाली र बेतना टोल विकास संस्था मिलेर बनेको टिमले हात पारेको छ । बेलबारी नगरपालिका वाड नं. ४ स्थित बेतना युनाईटेट खेलमैदानमा कार्तिक १३ गते देखि सुरु भएको सो प्रतियोगिता मङगलबार २० गते सम्पन्न भएको हो ।


मङगलबार भएको फाइनल खेलमा हिमाली र बेतना टोल विकास संस्था मिलेर बनेको टिमले ४ टोल विकास संस्था मिलेर बनेको टिमलाई २–१ गोलको अन्तरले पराजित गर्दौ टोल विकास संस्था स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो । ४ टोल विकास संस्था मिलेर बनेको प्रतियोगिताको उपविजेता टिममा धरहरा, नवधरहरा, सुनौलो धरहरा र जागरुप टोल विकास संस्थामका खेलाडीहरू एक टिम भएर खेलेका थिए ।


पहिलो हाफको ११ मिनेटमा ४ टोल विकास संस्था मिलेर बनेको टिमको जर्सी नं.१० का खेलाडी विक्रम तामाङले एक गोल गरेर हिमाली र बेतना टोल विकास संस्था मिलेर बनेको टिमलाई दबाब सृजना गरेका थिए । तर पहिलो हाफको २३ मिनेटमा हिमाली र बेतना टोल विकास संस्था मिलेर बनेको टिमले पेनाल्टी पाए पछि जर्सी नं. २३ का खेलाडी निसान राईले एक गोल गरेर बराबरी भएको थियो ।


हिमाली र बेतना टोल विकास संस्था मिलेर बनेको टिमले पुन. दोस्रो आफको १ मिनेट नपुग्दै जर्सी नं. ९ का खेलाडी विबलप लिम्बुले एक गोल गरे पछि आफ्नो टिमलाई अग्रता दिलाएका थिए । विबलपले गरेको दोस्रो गोल नै खेलको निर्णायक गोल बन्न पुगेको थियो ।
४ टोल विकास संस्था मिलेर बनेको टिमले खेलमा राम्रा प्रदर्शनी प्रस्तुत गरेता पनि उपविजेता भएर चित्त बुझाउनु परेको छ भने हिमाली र बेतना टोल विकास संस्था मिलेर बनेको टिमको उत्कृष्ट खेल प्रदर्शनी प्रस्तुत गर्दौ प्रतियोगिताको विजेता भएको छ ।


विजेता टिमले रु.२० हजार नगद पुरस्कार तथा टेफ्री, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले रु.१२ हजार नगद पुरस्कार तथा टेफ्री, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलको म्यान अफ द म्याचमा विवलप लिम्बु घोषित भएका छन् । लिम्बुले रु.१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेका छन् ।
वेस्ट गोल किपरमा अभिषेक राई, बढी गोलकर्तामा निसान राई उत्कृष्ट डिफेन्समा अमित राई, उदयमान खेलाडीमा भीम मगर, उत्कृष्ट खेलाडीमा योगेश लिम्बु घोषित भएका छन् । वेस्ट गोल किपर ,बढी गोलकर्ता,उदयमान खेलाडी र उत्कृष्ट खेलाडीले रु. २ हजार ५ सय नगद पुरस्कार प्रति खेलाडीले प्राप्त गरेका छन् भने उत्कृष्ट डिफेन्सले रु.२ हजार प्राप्त गरेका छन् ।

टोल विकास संस्था स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीद्वारा सबै खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । टोल विकास संस्था स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बेलबारी वाड नं. ४ का अध्यक्ष राम कुमार राईको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्