सुन्दरहरैचामा स्वतन्त्र युवा समूहको फुट बैँक विपन्न परिवारको सहारा बन्दै


मोरङ, १७ भदौ । सुन्दरहरैचामा स्वतन्त्र युवा समूहले सञ्चालन गरेको फुट बैँकद्वारा ६० परिवार भन्दा बढीलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् । विपन्न परिवारका लागि खाद्यान्न सामाग्री प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको फुट बैँकद्वारा ३ दिनमा ६० परिवारलाई युवाहरूले राहत वितरण गरेका हुन ।

एक साताको लागि सञ्चालन गरिएको फुट बैँकबाट खाद्यान्नको अभाव भएकाहरूले नुन, चामल, दाल लगायतका दैनिक उपभोग्य वस्तु निःशुल्क लग्न पाउने व्यवस्था रहेको समूहका संयोजक क्रान्ति लिम्बुले बताएका छन् । फुट बैँक सञ्चालन कार्यक्रम प्रभावकारी भएको र विपन्न परिवारको लागि आवश्यकता महसुस देखिएकोले २ साता सम्म लम्बाउने योजना पनि रहेको लिम्बुले जनाएका छन् ।

लकडाउनको कारण विपन्न परिवारलाई खाद्यान्न को अभाव सृजना भएको बेला भोको पेटको भोक मेटाउन फुट क्यापिन सञ्चालन गरेको समूहका सदस्य सान राईले बताए । सुन्दरहरैचाको साथै केराबारी गाउँपालिका र बेलबारीमा पनि फुट बैँक सञ्चालन गर्ने योजना रहेको राईले जनाएका छन् । स्वयम आफूहरूले रकम संकलन गरेर साथै विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगमा फुट बैँक सञ्चालन भइरहेको राईले बताए ।

https://youtu.be/9JVtTO3hRMQ

प्रतिक्रिया दिनुहोस्