कुलमानको पुनः नियुक्तको माग गर्दै बेलबारीमा युवाहरूको प्रदर्शनी (भिडियो)


बेलवारी,२२ भदौ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिन लाग्दा पुनः नियुक्तको माग गर्दै बेलबारीमा युवाहरूले प्रदर्शनी गरेका छन् । बेलबारी नगर समाजको आयोजनामा सोमबार प्रदर्शनी भएको हो ।

बिना सर्त उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै प्रदर्शनी गरेको, कार्यक्रमका संयोजक सुजित बस्नेतले जनाएका छन् । बेलबारी १ स्थित दुर्गा मन्दिर देखी सुरु भएको प्रदर्शनी र्‍याली बेलबारीको मुख्य बजार क्षेत्र परिक्रमा गर्दै पुरानो मालपोत मार्ग स्थित उत्तर क्षेत्रमा कोणसभामा परिणीत भएको थियो ।

र्‍यालीमा युवाहरूले नेपालको राष्ट्रिय झन्डा हातमा बोकेर, कुलमानको फोटो छातीमा टाँसेर, पुनः नियुक्तिको माग गर्दै विभिन्न नाराहरू लगाएका थिए । “उज्यालो नेपाल कुलमानको चमत्कार”, “पदभन्दा ठुलो छ काम, नेपालको शान कुलमान”, “विद्युत् प्राधिकरणमा कुलमानको खाँचो, जनजनलाई सोधे हुन्छ, यही कुरा साँचे”, “अरू कोही चाहिँदैन लोडसेडिङ फेरी गर्न पाइँदैन”, “तिमि छौ र त उज्यालो छ नि” लगायतका नारा लगाउँदै प्रदर्शनी गरिएको थियो ।

https://youtu.be/-7tw2vdzIug

प्रतिक्रिया दिनुहोस्