श्रीमती बचाउन उपचारको लागि भक्तविलास सहयोगको पर्खाइमा (भिडियो)


विराटनगर, २३ भदौ । श्रीमतीको उपचार गर्न नपाउँदा वर्ष ४५ का भक्तविलास सेडाई आशुले पिडा पखाल्न बाहेक केही विकल्प पाइरहेका छैनन् ।

मोरङको बेलबारी नगरपालिका वाड नं. ९ निवासी भक्तविलासका श्रीमती उमा सेडाई लाई कोरोनाको कहरमा मृत्युसँगको लडाइ अझै कठिन बनेको छ । अनि भक्तविलासलाई उपचारार्थ रकम जुटाउन र अस्पताल पुराउन कठिन भएको छ ।

आर्थिक अभावसँगै लकडाउनको अस्पतालमा परेको प्रभाव र उपचारको अभावमा वर्ष ४३ की उमाले पिडा सहेर बस्नु बाध्य छिन । दुई छोरीकी आमा उमालाई हिँडडुल गर्न त टाढाको कुरा हो, बस्न र खानलाई समेत गाह्रो छ । राम्रो उपचार गरेर उमा निको हुन्छिन् भन्ने आशामा प्रत्येक दिन परिवार नै सहयोगको प्रतिक्षमा छन् ।

भक्तविलासको प्रतिक्षय को बाध टुट्न लागेको छ । श्रीमतीले उपचार नपार अकालमा ज्यान गुमाउने हो की भन्ने उनी डरमा छन् । डाक्टरले उमाको दुवै मिर्गौलाले काम नगर्ने बताए पनि उपचार गर्न नपाउँदा आशुले पिडा पखाल्न बाध्य छन् । मजदुरी गर्ने भक्तविलास लकडाउनमा बेरोजगार बनाएको छ । उनी सबैलाई उपचारको लागि आर्थिक सहयोगको अपिल गर्छन् । आफ्नो श्रीमतीलाई बचाइदिन सबैलाई अनुरोध गरिरहेका छन् ।

यसै सन्दर्भमा वाड अध्यक्ष नगेन्द्र खड्कासँगको कुराकानीमा नगरपालिकाद्वारा २५ हजार सहयोग हुने र वाड कार्यालय तथा स्थानीयको सहयोगमा रकम संकलन गरेर उपचारको लागि आर्थिक सहयोग पनि गर्ने तयारी रहेको जनाएका छन् । स्वयम उनी बिरामी परिवारको घर पुगेर सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

तपाई हाम्रो सानो सायहेगले उमाको ज्यान बच्छ र सेडाई परिवारले नयाँ जीवन पाउँछन् भने सबै सहयोग गरै ।

प्रतिक्रिया दिनुहोस्