केराबारीमा दोस्रो मच्छिन्द्र साङ्गीतिक साँझ सम्पन्न


किशन शाही ।
कार्तिक २७ ।केराबारी । दीपावली तथा छठ पर्वको अवसरमा आयोजित दोस्रो मच्छिन्द्र साङ्गीतिक साँझ २०७५ मङ्गलवार केराबारीमा सम्पन्न भएको छ ।
युवावर्गलाई लक्षित गरी केराबारी डे केयरको आयोजनामा भएको सो साङ्गीतिक कार्यक्रममा स्थानीय युवायुवतीहरूले भरपुर मनोरञ्जन लिए । स्थानीय नव कलाकारहरूको प्रस्तुति सहित नेपालको चर्चित अनुप्रस्थ ब्याण्डले साङ्गीतिक साँँझमा दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

साँझ सबेरैदेखि कार्तिक चिसो ठिटीको प्रवाह नगरी भेला भएका युवायुवतीहरू कार्यक्रम सुरु हुनुभन्दा अघि देखि झुमिएका थिए । युवायुवतीहरूको बाक्लो भिडमा स्थानीय कलाकारहरूले कार्यक्रमको माहोल तताउँदै जाँदा दर्शकहरुपनि उत्साहित हुँदै थिए । युवायुवतीहरूको चर्को हुटिङ र एक्साइटेड वातावरणमा जब लोक गायक गङ्गा वरदान स्टेचमा उक्लिए कार्यक्रमको माहौल एकाएक तातियो ।

वरदानले पुरानो सदाबहार गीत छपनीले छान छान डबकीले हान….डबकीको निघारैले लाग्यो मलाई बाण बोलको गीत सहित तीन ओटा गीत प्रस्तुत गरे । रातको ठिटी बढ्दै गएको थियो । कार्यक्रमको अन्तिम आवरमा जब राष्ट्रिय कलाकारहरूको टिप स्टेजमा उत्रिए एकाएक माहौल तातियो । स्टेजमा दर्शकको थामिन सक्नु भिड बन्यो ।
त्यसपछि तातिएको माहौल कार्यक्रम नसकुञ्जेल थामिन सक्नु भयो । अनुप्रस्थ ब्याण्डले चरी भरर डाँडैमा बसेर रुउँकि धरर,छातीमा मेरो यो छोटो भोटो कम्मरमा टालेको सोध आमालाई……, गुराँसै फुल्यो बनैमा……, जस्ता पुराना सदाबहार आधा दर्जन जति गीत प्रस्तुत गरेको थियो । अनुप्रस्थको गीतमा दर्शकको हुटिङले कार्यक्रम स्थलमा भेला भएका दर्शकलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरू टङ्क लिम्बू,यज्ञ श्रेष्ठ,विनोद रिजाल लगायतका कलाकारहरूले गीत नेपाली तथा हिन्दी गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्