बेलबारी ९ को नेकपा वडा कमिटीद्वारा उमालाई उपचारार्थ रकम रु.३५,९०० हस्तान्तरण


बेलबारी, २५ भदौ । उमा सेडाइको उपचारको लागि नेकपा वडा कमिटी, बेलबारी ९ ले रु.३५ हजार ९ सय रकम हस्तान्तरण गरेका छन् ।

भक्तविलास सेडाईकी श्रीमती उमा केही महिना देखी मिर्गौलाको बिरामीबाट पिडामा छिन । उनको उपचारको लागि केही सहयोग होस भनेर वडा कमिटीले उक्त रकम सहयोग गरेको अध्यक्ष राजेन्द्र कुमार राईले जनाएका छन् ।

उक्त उपचारार्थ रकम वडाका अध्यक्ष नगेन्द्र खड्काले प्रदान गरेका थिए । खड्काका अनुसार थप रु.२५ हजार नगरपालिकाबाट पनि सहयोग प्रदान गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्