सिसौली युवा समूहद्वारा बेलबारीमा ३०० भन्दा बढी विपन्न परिवारलाई राहत वितरण (भिडियो)


बेलबारी, २७ भदौ । बेलबारीका सिसौली युवा समूहले ३०० भन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरेको छ । समूहले मङ्गलवार देखी फुट बैँक तथा मास्क बैँक सञ्चालन गरी विपन्न परिवारलाई राहत वितरण गरेका हुन ।

५ दिनको लागि सञ्चालन गरेको फुट बैँक तथा मास्क बैँक शनिवार बन्द गरेका छन् । कार्यक्रमका संयोजक रोमन राईका अनुसार ३०० विपन्न परिवारलाई खाद्यान्न तथा मास्क वितरण गर्ने उद्देश्यले फुट बैँक तथा मास्क बैँक सञ्चालन गरिएको थियो । फुट बैँक तथा मास्क बैँकद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा मास्क वितरण कार्यक्रम सम्पन्न भएको राईले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्