वडा अध्यक्ष कपको उपाधि तेलकुडिलाई


बेलबारी / बेलबारी नगरपालिका वडा नम्बर ५ भएको वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि तेलकुडि टोलले जित हासिल गरेको छ । उक्त प्रतियोगितामा माथिल्लो कसेनिलाई ट्राईबेकरमा हराउँदै तेलकुडि टोलले जित हासिल गरेको हो ।

प्रतियोगितामा प्रथम हुने तेल कुँडिले नगद १५ हजार सहित ट्रफि मेडल प्रमाण पत्र तथा दोस्रो हुनेलाई नगद १० हजार सहित ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । विजेता तथा उप विजेता टोलीलाई बेलबारी नगरपालिकाकी उप मेयर ढाका कुमारी पराजुलीले पुरस्कार वितरण गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्