प्रदेश प्रमुखलाई लोक सेवा आयोगको प्रतिवेदन

विराटनगर, २८ भदौ। लोक सेवा आयोग प्रदेश नं. १ ले आज प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रथम वार्षिक प्रतिवेदन २०७६/२०७७ बुझाएको छ । कर्मचारीलाई प्रतिवेदनको पुस्तिका पठाइ सञ्चार माध्यमद्वारा प्रदेश लोक सेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले सो विषयमा प्रमुखलाई जानकारी गराएका हुन ।

प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ ३३ देखि ४१ सम्म ध्यानाकर्षण र सुझाव मात्र रहेको छ । यसलाई मात्र अध्ययन तथा मूल्याङ्कन गर्दा पनि प्रदेश लोक सेवा आयोगलाई काम गर्न सहज नरहेको देख्न सकिन्छ ।

यस विषम परिस्थितिमा पनि प्रदेश लोक सेवा आयोगले प्रथम वार्षिक प्रतिवेदन प्रकाशन गर्न सफल भएकोमा अध्यक्ष लगायत सम्पूर्ण टिमलाई धन्यवाद प्रदान गर्दै प्रदेश लोक सेवा आयोगले गराएको ध्यानाकर्षण र सुझावहरूलाई सम्बन्धित निकायले समयमै विचार पु¥याए राम्रो हुने धारणा रहेको छ ।

प्रदेश लोक सेवा आयोगको सदस्यहरूमा टीकादत्त राई र सजना दाहाल पनि रहेका छन् । लोक सेवा आयोगले वार्षिक रूपमा प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाउने प्रावधान अनुरूप प्रतिवेदन बुझाइएको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्