बेलवारी प्रहरीले हराएको मोटरसाइकल सोही धनीलाई बुझायो


बेलवारी,२८ भदौँ । ईलाका प्रहरी कार्यलय बेलवारीले आज ( आइतबार) हराएको मोटरसाइकल सोही धनीलाई हस्तान्तरण गरेको छ ।

बेलबारी न.पा.वडा नं.–८ बस्ने युद्धमान लिम्बुको को २१ प ३३४४ नम्बरको कालो रातो रङको पल्सर ईलाका प्रहरी कार्यालय बेलवारीले बुझाएको हो ।

२२ भदौँमा आफ्नै घर पछाडि राखेको मोटरसाइकल हराएपछि ईलाका प्रहरी कार्यालयमा लिम्बुले निवेदन दिएका थिए ।

प्रहरीले खोजतलास गरेको ५ दिनपछि सुन्दरहरैँचा न.पा.वडा नं.१० स्थित खोर्साने चौक सडक खण्डमा वेवारिसे अवस्थामा फेला पारी लिम्बुलाई बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्