नेकपा प्रवक्ता श्रेष्ठले ट्वीटरमा कुलमान पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त


काठमाडौं, २९ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको जनाएका छन् ।

उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्‍यएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिश्वस्त रहेको बताएको छ ।

बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ ।

घिसिङको चारवर्षे कार्यकाल आइतबारदेखि सकिएसँगै सरकारले गर्ने आगामी नियुक्ति चर्चाको विषय बनेको छ । आज (सोमबार) मन्त्रिपरिषद्को बैठकले नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने चर्चा चले पनि अहिलेसम्म कसैको टुंगो छैन ।

प्रतिक्रिया दिनुहोस्