क्याप्टेन विजय लामासहित अर्का क्पाप्टेनपनि कोरोना संक्रमित


काठमाडौं, २९ भदौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामासहित दुई जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

दुई दिन अघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍यएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए ।

आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको जनाएको छ ।

यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्