विष्णुमायालाई केराबारी हङकङ समाजद्धारा सहयोग


केराबारी । आर्थिक अभावले उपचार गर्न नसकि अस्पतालबाट घर फर्काइएकी एक युवतिको थप उपचारार्थ सामाजिक संञ्जाल मार्फत सहयोग प्राप्त भएको छ ।


मोरङ केराबारी गाउँपालिका १० मा वस्दै आएकी लक्ष्मीमाया तामाङकी २४ वर्षिय छोरी विष्णुमायाको उपचारार्थ केराबारी हङकङ समाजले आर्थिक सहयोग गरेको हो । समाजका सचिव रविन लिवाङले हङकङमा रकम संकलन गरी पठाएको रकम संञ्चारकर्मी किशन शाहीको स्वास्थ्यकर्मी लाखमान लिम्बुको पहलमा विरामीको आफन्तलाई रकम हस्तान्तरण गरिएको हो ।

पेट तथा मृर्गौलिया रोगबाट पिडित युवतिलाई गोल्डेन हस्पिटल विराटनगरमा आइसियु कक्षमा राखेर उपचार गराउँदा गराउ्रँदै आर्थिक अभावका कारण उपचार गराउन नसकि घरमै राखिएको समाचार तथा सामाजिक संञ्जालमा सामग्री पोष्ट गरिएको थियो ।

उपचारमा लाग्ने खर्च बन्दोबस्त गर्न नसकेपछि घरमा राखेर अक्सिजन दिइरहेको र मृत्युसंग संघर्ष गरिरहेकी तामांगको समाचार प्रकाशित भएपछि केराबारी १० स्थाई घर भई हाल हङकङमा वस्दै आउनुभएका केराबारी हङकङ समाजका सचिव रविन लिवाङलाई संञ्चारकर्मी किशन शाही स्वास्थय कर्मी लाखमान लिम्बु लगायतले आग्रह गरेपछि रकम संकलन गरेका थिए । केराबारी हङकङ समाजको सक्रियतामा संकलन भएको ४२ हजार ३ सय २० रुपैया रकम मंगलबार हस्तान्तरण गरिएको छ ।

विष्णुमाया बाचाउ अभियानमा सहभागि तथा संञ्चारकर्मी किशन शाही ,मुक्साम मेडिकलका संञ्चालक लाखमान लिम्बुले संयुक्त रुपमा विरामीको आमा लक्ष्मीमाया तामाङलाई हस्तान्तरण गर्नुभएको थियो । यस वाहेक यमणी मगर हर्कमाया मगरले स्वतःस्फूर्त रुपमा केराबारीको विभिन्न घरपरिवारबाट संकलन गरिएको २० हजार रुपैया पनि पिडित विरामीको परिवारलाई हस्तान्तरण सकिएको छ वताउनुभयो ।

विरामीको थप उपचारका लागि काठमाडौं लानुपर्ने र नोवेल मेडिकल कलेजमा उपचार गराइएको रकम पनि तिर्न कठिनाई भएकोले अन्य विभिन्न संघसंस्था तथा सहयोगी महानुभावहरुलाई सहयोग गरिदिन परिवारले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्