साहित्यकार गीता भट्टराईद्वारा आत्महत्या


सुन्दरहरैंचा, ३० भदौ । सुनसरीको इटहरी स्थित चर्चित साहित्यकार गीता भट्टराई सोमबार साँझ आफ्नै कोठामा भुण्डिएको अवस्थामा फेला परेकी छिन ।

पचरुखीमा कपडा व्यवसाय गर्दै आएका श्रीमानले पसल बन्द गरेर घर जाँदा सो घटनाबारे जानकारी पाएको बताएका छन् । भित्रबाट लगाएको ढोका खोल्न आग्रह गर्दा नखोलेपछि झ्यालबाट हेर्दा कोठाको सिलिङमा पासो लगाएको अवस्थामा गीता मृत फेला परेकी थिइन ।

इटहरी निवासी भट्टराई पछिल्लो समय लेख रचना , कविता तथा गायन क्षेत्रमा समेत सक्रिय रहँदै आएकी थिइन । साहित्यकार भट्टराईले किन आत्महत्या गरिन सो कारण भने केही नखुलेको स्थानीयहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्