“कोटेरो मुनियाँ” : अनुष्टुप् छन्दमा पन्छीको कविता


जीवनाथ नेपाली पोखरेल (पन्छी) –

कोटेरो मुनियाँ जोडी
भाले पोथी दुवैमिली
जुम्रा मारेर पोथीका
माया गर्छ सधैँभरि ।।

भाले ढलिमली गर्दै
नखरा धेर पार्दछ
पोथी छेउ गई भाले
जुम्रा मारी फकाउँछ ।।

मदहाेस भई पोथी
आँखा चिम्लेर बस्दछे
फ्याँकेर मोहनी जाल
भालेलाई फसाउँछे ।।

हाँचकाहाँचभै उड्छन्
चारो चर्दा सबै सँगै
मिलेर चर्दछन् बस्छन्
चउरमा सधैँ सधैँ ।।

– पन्छी
इनरुवा ५ पन्छी चोक वलाहा

प्रतिक्रिया दिनुहोस्