एकै दिनमा बेलबारी आइसोलेसनबाट ६ जना डिस्चार्ज


बेलबारी, ३० भदौ । बेलबारीको होलडिङएरियाका तथा आइसोलेसनमा बसेका १७ जनाको रिर्पाेट नेगेटिभ आएको छ ।

आइसोलेसनका ६ जना तथा होलडिङ एरियाका ११ जनाको रिपोट नेगेटिभ आएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । आइसोलेसनमा बसेका १ जनाको भने पुन पोजेटिभ आएको छ ।

उनीहरूको भाद्र २८ गते स्वाब संकलन गरेर बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पठाइएको थियो । उनीहरूको रिर्पाेट मंगलवार आएको छ ।

यस्तै वडा नम्बर ३मा एक जना कोरोना सङ्क्रमित थपिएका छन् । नोबेल मेडिकल कलेज विराटनगरमा गरिएको परीक्षणमा उनलाई कोरोना सङ्क्रमित भएको हो । बेलबारीको आइसोलेसनमा १ जना रहेका छन् भने होलडिङ एरियामा १९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्