बुधवार बिहान ६ रेक्टर स्केलको भूकम्पको धक्का


सुन्दरहरैंचा, ३१ भदौ । बुधवार बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहानै आएको भूकम्पको धक्का काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पले जमिनमुनि १० किलोमिटर तल केन्द्र बनाएको जनाइएको छ । भूकम्पले हल्लाएपछि काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न जिल्लाका सर्वसाधारणहरू घर बाहिर निस्किएका थिए । भूकम्पले सबैभन्दा ठुलो धक्का सिन्धुपाल्चोक तथा असापासका जिल्लाहरूमा भएको जनाइएको छ ।

भूकम्पले के कति क्षति भएको छ भन्नेबारे विवरण आइसकेको छैन । नेपालमा वि. स १९९० , २०४५ तथा २०७२ सालमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट भौतिक संरचनाका साथै जनधनको समेत क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्