होटल तथा रेष्टुराँ  खोल्न सरकारले दिए अनुमति


काठमाडौँ,३१ भदौँ । कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनमा परेका होटल तथा रेष्टुराँ व्यवसायीले भोलिबाट राहत पाउने भएका छन् ।
करिब ६ महिनादेखि बन्द रहेको होटल तथा रेष्टुराँ व्यवसाय भोलिबाट मापदण्ड पूरा गरेर खोल्न सरकारले अनुमति दिएको छ ।
सरकारले असोज १ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड पूरा गरेर होटल, रेष्टुराँ, ट्रेकिङ तथा ट्राभल व्यवसाय सञ्चालनको अनुमति दिएको हो ।
सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउँदै परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् । यसको अनुगमन भने संस्कृति पर्यटन र नागरिक उड्ययन मन्त्रालयले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्