धरानको पसल आगलागी हुर्दा दुई लाख पच्चीस हजार बराबरको क्षति


धरान ,३१ भदौँ । धरान–१ युरेका लाइनमा रहेको एक चिया पसल र आइरन (स्त्रि) गर्ने पसलमा राति आगलागी भएको छ ।
आगलागीबाट देवी राउतको टिनको छाना भएको चिया दोकानमा  एक लाख १० हजार र मोहम्मद सालीनको आइरन गर्ने पसलमा एक लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् ।
साढे १२ बजेतिर सुरु भएको आगलागी करिब एक बजेतिर नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन् । स्थानीय, धरान उपमहानगरपालिकाको बारुण यन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । आगलागीको कारणबारे खुल्न सकेको छैन ।
पसलकी सञ्चालिका देवी राउतका अनुसार राति आगो लागेको भन्ने सुनेपछि उठेर जाँदा आगो दनदनी बलिरहेको तर आगो के कारणले लाग्यो आफूलाई पनि थाहा नभएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्