मिसेस कोसीको ताज फेवाकी शिक्षिका सूचनालाई


किशन शाही । केराबारीकी ३ कि सूचना श्रेष्ठले जया मिडिया म्यानेजमेन्ट प्रा.लिले आयोजना गरेको मिसेस् कोसी सिजन २ को ताज जित्न सफल भएकी छिन् ।


फस्ट रनरअप विराटनगरकी खेमकुमारी कोइराला तथा मोरङ रतुवामाई नगरपालिका स्थित गोविन्दपुरकी सुनिता लामाले सेकेन्ड रनरअपको उपाधि जितिन् ।
विराटनगर र सुनसरीको इटहरीमा रहेको ओसियनपार्कमा सम्पन्न सो प्रतियोगिताको दोस्रो संस्करणमा विभिन्न प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले मिसेस् कोसीको ताज पहिरन सफल भएकी हुन् । फेवा सेकेण्डरी बोर्डिङ स्कुलमा ९वर्षदेखि निरन्तर शिक्षण पेसामा संलग्न रहेकी श्रेष्ठ नृत्य तथा आर्टसमा उतिकै अव्वल छिन् । विविस सम्म अध्ययन पुरा गरेकी श्रेष्ठले ताज पहिरिनु अघि मिसेस् पपुलर, आउटस्ट्याण्डिङ पर्सानालिटी, र मल्टिमिडिया टाइटलको उपाधि समेत हात पारेकी छिन् ।

यसैबिच सोही मञ्चमा मिस कोसी र मिस्टर कोसी प्रतिोगिता समेत आयोजना गरिएको थियो । मिस कोसीको ताज धरानकी ब्रेनी ताम्राकारले जितेकी छिन् । उनले फाइनलमा पुगेका अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस कोसीको ताज आफ्नो शिरमा पहिरन सफल भएकी हुन् । सो प्रतियोगिताको फस्ट रनरअप इटहरीकी सुस्मीता विष्ट तथा सेकेन्ड रनरअप सुनसरी दुहबीकी नीलिमा चौधरी घोषित भइन् ।

दोस्रो संस्करण्को मिस्टर कोसीको उपाधि भने सुनसरी झुम्काका रिनेश नेपाल घोषित भए । फस्ट नरअप झापा झिलझिलका मुक्ति चेम्जोङ्ग लिम्बु र सेकेन्ड रनरअप विराटनगरका सुमित भगत घोषित भए छन् ।

प्रतिक्रिया दिनुहोस्