विकासको योजना ल्याएको भन्दै जनता हर्षित : मेयरलाई मालाले सम्मान


उत्तम पोख्रेल
बेलवारी / हरेक जनताको चाहना आफ्नो गाउँमा चाहेको योजना आओस् भन्ने नै हुन्छ । जनताको तीव्र चाहना भएको योजना गाउँमा पुर्‍याउँदा कुन जनता हर्षित नहोलान सबैले योजना दिनेलाई भगवाननै सम्झिन्छन् । त्यस्तै गरेका छन् बेलबारी ६ का जनताले मेयर लाई ।

बेलवारी– ६ का जनताले सोमवार मेयर ज्ञानेन्द्र सुबेदीलाई ६ ओटै मालाले सम्मान गरेका छन् । स्वास्थयवाट वञ्चित भएको वडामा सहरी स्वास्थय केन्द्र ल्याएको भन्दै मेयर सुवेदीलाई स्थानीयले सयपत्रीको ६ ओटामाला पहिर्याइ दिएका हुन् ।

सोमवार सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्न वोराबाध पुगेका मेयर सुवेदीलाई वडावासीले बिरामी पर्दा बिराटनगर,बेलबारी जाने दिनको अनत्य भएको भन्दै उनीहरूले मेयरलाई माला लगाए दिएका हुन । आफूलाई नगरमा अन्य वडा भन्दा दुर्गम गाउँमा रहेको बताउने स्थानीयले सरकारी सेवा सँघारमा आएको भन्दै खुसी व्यक्त गरे ।

२ कोठे सहरी स्वास्थ्य केन्द्रको उद्घाटन मेयर सुवेदीले गरेका छन् । उनले विकासमा पछि परेको ठाउँलाई अघि बढाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘पछि परेको ठाउँको विकासका लागि म गम्भीर छु’, उनले भने– ‘अब नगरको हरेक ठाउँमा समानुपातिक रूपले विकास हुन्छ ।’१० धुर जग्गामा बनेको उक्त केन्द्रका लागि स्थानीय कृष्णकुमार राईले जग्गा दिएका हुन ।

उपमेयर ढाकाकुमारी पराजुलीले स्वास्थ्य मानिसको सबैभन्दा ठुलो सम्पत्ति रहेको भन्दै यस केन्द्रले सहज र सुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने बताइन । ६ लाख ३८ हजार २सय ५ रुपैयको लागतमा केन्द्र निर्माण गरिएको हो । उक्त सहरी स्वास्थय केन्द्रबाट परिवार नियोजन,गर्भवति जाँच,सुत्केरी जाँच,क्षय रोगी, कुष्टरोगीको उपचार झाडापखाला बालबालिकाका समस्याहरूको उपचार गरिने बेलबारी नगरपालिका स्वास्थय शाखाका प्रमुख सन्तोष विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्