बेलबारीमा ट्राफिक प्रहरी पोस्ट भवन निर्माण हुँदै


बेलबारी,मोरङ / बेलबारी नगरपालिकाको वाड नं. १ मा ट्राफिक प्रहरी पोस्ट भवन निमार्णको लागि १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीद्धारा सिल्यन्यास भएको छ ।


बिहीबार भएको शिलान्यास कार्यक्रममा मान्त्रि कार्कीले भवन निर्माणको लागि शुभकामना प्रदान गर्दाै प्रदेश सरकारबाट सहयोग हुने प्रतिबद्धता गरेका छन् । ट्राफिक प्रहरी पोस्ट भवन निमार्णको लागि स्थानीयहरूको सक्रियताको प्रशंसा गर्दौ शिलान्यास गर्न निमन्त्रण गरेकोमा आयोजकलाई मन्त्री कार्कीले धन्यवाद प्रदान गरेका थिए ।


ट्राफिक प्रहरी पोस्ट बेलबारीको भवन रु.४५ लाखको लगानीमा निर्माण सम्पन्न गर्ने ट्राफिक प्रहरी पोस्ट बेलबारी भवन निर्माण समितिका अध्यक्ष प्रताप थापाले जनाएका छन् । रु.५ लाख स्थानीय व्यक्ति तथा सङ्घसंस्थाबाट र रु.१० लाख बेलबारी नगरपालिकाबाट सहयोग भएको साथै प्रदेश सरकारले प्रतिबद्धता गरेको रु.३० लाखको सहयोगमा भवन निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको अध्यक्ष थापाले बताएका छन् ।


कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्र.नि शिव कुमार पोखरेल, समाजसेवी राजकुमार लिम्बु लगायतले शुभकामना प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्