क्यान्सर पिडितसहति दुई विपन्न परिवारलाई आदिवासी जनजाति महासंघको आर्थिक सहयोग


बेलबारी,  २० असोज । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीले दुई विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । बेलबारी वडा नं।९ निवासी कलेजोका क्यान्सर पीडित राघभ राजवंशी र मृतक अशोक राईको परिवारलाई आर्थिक सहयोग गरेका हुन ।

आर्थिक अभावको कारण राजवंशीले उपचार पाउन सकिरहेका छैनन् भने राई परिवारमा अशोकको मृत्यु पछि उनको श्रीमतीले ५ वर्ष र ७ वर्षकी दुई छोरीको पालनपोषण कसरी गर्लान् भन्ने पिडा उत्पन्न भएको बेला राजवंशीको उपचारको लागि रु.१५ हजार र राई परिवारको लागि रु.७ हजार महासंघले आर्थिक सहयोग गरेको छ ।

दुई परिवारको घरमै पुगेर नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीका अध्यक्षले रकम हस्तान्तरण गर्दै राजवंशीको सु-स्वास्थ्यको कामना गर्नुको साथै राई परिवारलाई संवेदना प्रकट गरेका थिए । पीडित तथा विपन्न परिवारको मर्म स्थानीय सरकारले बुझ्नु पर्ने र समाजमा सहयोगको भावना कायम राख्न समेत आग्रह गरेका छन् ।

आर्थिक सहयोग प्रदान गर्न महासंघका उपअध्यक्ष कुमार बोखिम, सचिव मनकुमार गुरुङ, सदस्य रन्जित गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्