बेलबारीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि


बेलबारी, २० असोज । बेलबारीमा थप एक जनामा कोरोनाको पुष्टि भएको छ । बेलबारी वडा नम्बर ६ का ६५ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।

ज्वरो आएपछि नोबेल मेडिकल कलेज विराटनगरमा असोज १७ गते शनिवार वृद्धको कोरोनाको परीक्षण गरिएको रहेछ स्वास्थ्य शाखाका कर्मचारी विश्वकर्माले भने मङ्गलवार आएको रिपोटमा पोजेटिभ आएको छ ।

वृद्धको नावेल मेडिकल कलेज विराटनगरमै उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । एक थपिए सँगै बेलबारीमा संक्रमति को सख्या ५५ पुगेको छ । जसमा ४४ जनाले कोरोनालाई जितेका छन् भने २ जनालाई कोरोनाले जितेको छ । बेलबारीमा सक्रिय संक्रमितको सख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्