सशस्त्र प्रहरी बलद्धारा नाइट्रोजन ८४० पीस र डाईलक्निस डिसि ७१ बोतल बरामद


भण्टाबारी ,२१ असोज । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध सशस्त्र प्रहरी बल बिओपे लौकहीले बरामद गरेको छ ।

टाउकोमा बोकेर लुकिछिपी एकजना अपरिचित व्यक्तिले ल्याएको लागूऔषध सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले बताएका छन् ।

लागूऔषध बोकेर आएका व्यक्ति सशस्त्र प्रहरीलाई देखेपछि लागूऔषध छाडेर भागेको र सोही क्रममा सुनसरीको कोशी गाउँपालीका १ स्थित सीमा क्षेत्रबाट नाइट्रोजन ८४० पीस र डाईलक्निस डिसि ७१ बोतल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्