बालिका अपहरण गर्ने दुई जना पक्राउ


बागलुङ, २२ असोज । विद्यालय हिंडेकी बालिकालाई अपहरण गर्ने दुई जना प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताएका छन् । काठेखोला गाउँपालिका(६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् ।

स्थानीय एक विद्यालयमा वैकल्पिक शिकाईका लागि हिंड्दै गरेकी बालिकालाई जङ्गल छेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।

दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्