धादिङबाट गुण्डा नाइके भण्डारी पक्राउ


काठमाडौं, २३ असोज । धादिङका गुण्डा नाइके राधे भण्डारीले सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि प्रहरीले पक्राउ गरेको छ ।

बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी लोकनाथ तिम्सिनाले बताएका छन् ।

त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए । यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्