पथरी शनिश्चरेका ठकुरीहरू सङ्गठित


केराबारी । मोरङ पथरी शनिश्चरेको विभिन्न वडामा छरिएर रहेका ठकुरीहरूको एक भेलाले राजेन्द्र शाहीको अध्यक्षतामा ठकुरी समाज महासङ्घ पथरी शनिश्चरे नगर कमिटी गठन गरेको छ ।


ठकुरी समाज महासङ्घ मोरङ जिल्ला कमिटीको आयोजना तथा केराबारी र लेटाङको समन्वयमा पथरी ७ स्थित विष्णुचोकमा भएको भेलाले राजेन्द्र शाहीको अध्यक्षतामा ७ सदस्यीय ठकुरी समाज महासङ्घ पथरी शनिश्चरे नगरकमिटी गठन गरेको हो । नव गठित कमिटीको उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमस उर्मिला मल्ल ठकुरी,रञ्जित हमाल र रोमा शाही चयन भएका छन् ।

सदस्यहरूमा केदार शाही,कल्पना चन्द ठकुरी,बाला सिंह ठकुरी रहेका छन् । त्यसै गरी भेलाले दीपक शाहीको संयोजकत्वमा मोहन शाही र प्रेमकुमारी जीउ ठकुरीलाई सल्लाहकार समितिमा मनोनीत गरेको छ ।

मोरङ जिल्ला भरी रहेका विभिन्न ठकुरीहरूलाई एउटै सङ्गठनमा आबद्ध गराई ठकुरी जातिको हकहित भाषा संस्कार र संस्कृति जगेर्ना गर्ने उदेश्यले महासङ्घको केन्द्रीय नीति अनुसार समिति गठन गरिएको ठकुरी समाज महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र खाणले बताउनुभयो। उत्तरी मोरङको केराबारी लेटाङमा ठकुरीहरूको बाहूल्यता रहे पनि मोरङको सबै ठकुरीहरूलाई सगठनमा आबद्ध गराउन भेला आयोजना गरिएको हो । मोरङमा केराबारी गाउँपालिका लेटाङ नगरपालिका लगायतमा ठकुरीहरू सङ्गठित भइसकेका छन् ।

ठकुरी भेलामा महासङ्घका मोरङ जिल्ला कार्यवाहक अध्यक्ष किशन शाही , महासङ्घ लेटाङ नगरकमिटीका अध्यक्ष महेन्द्रराज शाही, ठकुरी समाज महासङ्घ केराबारी गाउँपालिका कमिटीका सहमहासचिव प्रेमबहादुर ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

तस्विरः ठकुरी समाज महासङ्घ पथरी शनिश्चरे नगर कमिटीको नव गठित समितिको पदाधिकारीहरू

 

प्रतिक्रिया दिनुहोस्