बंगलादेशमा अबदेखि बलात्कारीलाई मृत्युदण्डको सजाय


काठमाडौं,२७ असोज । बंगलादेशमा अबदेखि बलात्कारीलाई मृत्युदण्ड दिने सजायको व्यवस्था गरेको छ ।

बंगलादेशको पत्रिका द डेल्लीस्टारका अनुसार बंगलादेश सरकारले मृत्युदण्डको सजाय दिने गरी कानून संशोधन गरिएको हो ।
बंगलादेशमा मृत्युदण्डको माग गर्दै लामो सयमदेखि विरोध तथा प्रदर्शन हुँदै आएको थियो ।

अधिकारवादी संस्थाहरूका अनुसार बंगलादेशमा गत वर्ष मात्रै ५ हजार ४ सय जना बलात्कारको शिकारमा परेका थिए ।

सरकारले कानून संशोधन गरेलगत्तै मानव अधिकारवादी संस्थाहरूले ‘अधिकार प्राप्त गरेको’ संज्ञा दिएका छन् ।

कानून मन्त्री अनिसुल हकले सञ्चार माध्यमलाई जानकारी दिँदै संशोधित कानून राष्ट्रपतिबाट मङ्गलबार जारी भएपछि तत्काल लागू हुने बताए । बंगलादेशमा गत साता मात्रै एक महिला सामूहिक बलात्कारको शिकारमा परेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानून संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशमार्फत कानून ल्याउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्