प्रत्येक वडामा छुटा छुटै कार्यक्रम : तरकारी देखी मासु उत्पादन सम्म


उत्तम पोख्रेल, बेलबारी / बेलबारी केही वडाहरू अहिले उत्पादन बर्षकारुपमा देखिन थालेका छन् । वडा नम्बर ८का अधिकांश घरमा टनेलामा खेती हुन थालेका छन् ।

उक्त वडा रायोको साग वाट परिचित रहेको छ । धरान इटहरी विराटनगर तथा स्थानीय बजारमा अहिले सम्म पनि बेलबारी ८ नम्बरको साग पाइने स्थानीय कमल गौतमले बताए । उनले भने मल बजारमा समेत अहिले समस्या छैन । लाखैपैया खर्च गरेर विदेश गएकाहरूले पाठ सिक्ने ठाउँ समेत वनिरहको छ बेलबारी ८ । बेलबारी बजार सँगै जोडिएको तिन नम्बर वडाले च्याउ खेतीको उत्पादनको बर्षकोपमा लिएको छ । टोल विकास सस्थाहरुलाई च्याउ खेतीका लागि तालिम दिन थालेको वडा नम्बर३का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता योगेन्द्र सुबेदीले बताए ।

बजार सँगै जोडिएको वडा छ सबैको धेरै ठाउँ छैन उनले भने घरमा खाने गरी उत्पादन गर्न सकियो भने त्यसको रसले लिजमा जग्गा लिएर खेती गर्न सकिन्छ भन्ने उद्देश्य रहेको बताए । उनले भने बेलबारीका हेटलमा च्याउका परिकार पाइन्छ भनेर पहिचान दिन समेत खोजिएको बताए ।मालपोत टोल विकास संस्थाका अध्यक्ष समेत रहेका हाट ब्यासाहि सघका अध्यक्ष मोहन पोख्रेलले भने हामीले सामूहिक तालिम लिएर च्याउको उत्पादन गर्न थाल्यौ ।

यस्तै वडा नम्बर ९लाई मासु उत्पादनको जोनकारुपमा लिने भएको छ । नगरपालिकाले वडा नम्बर ९ का विपन्न परिवारलाई आर्थिक वृद्धि गर्ने उदेश्यका साथ वाख्रका पाठा खरिद गर्न ६० हजार वितरण गरेको छ । २० परिवारलाई उक्त रकम वितरण गरिएको उपमेयर ढाका पराजुलीले बताइन । ३ दिन सम्म तालिम दिएर उनीहरूलाई बाख्रा पालनका लागि उत्साह प्रदान गरेर व्यावसायिक बनाउनेउदेश्यका साथ हामीले पहिलो चरणका थोरै लगानी गरेका छौ उपमेयर पराजुलीले भनिन ३ हजारका दरले दिएको रकम बिउ पुजी हो । हाम्रो लक्ष्य भनेको अबको ३ वर्षमा गरिब रहनु हुँदैन भन्ने रहेको छ । सुकुमवासि रहेका एक बस्तीका अधिकांश परिवारलाई नगरपालिकाले वितरण गरेको छ ।

गरिबी निवारणका लागि गरिवसग नगरपालिका कार्यक्रम

समबृद्ध नगर बनाउनका लागि गरिबसँग नगरपालिका कार्यक्रम ल्याएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । अब केही दिन मै यो कार्यक्रम हामी जनताको घरमा पुर्याउछौ मेयर सुवेदीले भने अहिले हामी कार्यविधि बनाउने कार्यक्रममा छौ ।

 

प्रतिक्रिया दिनुहोस्