कानेपोखरी गाउँपालिकाले प्रहरी चौकीलाई प्रहरी भेन हस्तान्तरण गरे


पथरी,१ कात्तिक । प्रदेश १ सरकारले मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ६ मा रहेको रमाइलो प्रहरी चौकीलाई प्रहरी भेन हस्तान्तरण गरेको छ । प्रदेश १ सरकारले गाउँपालिकालाई असोज २९ गते बारुण यन्त्र र प्रहरी भेन दिएका थिए ।

गाउँपालिकाले कार्यक्रमको आयोजना गरी रमाइलो प्रहरी चौकीका असई लाक्पा शेर्पालाई गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफे्लेले चाबी हस्तान्तरण गरेको हो ।

प्रहरीलाई प्रदेश १–२, ००१ झ ०७२४ नम्बरको ५७ लाख ११ हजार ५ सय पर्ने टाटा कम्पनीको प्रहरी भेनको चाबी र ब्लीबुक दिएका थिए । प्रहरी चौकीमा अहिले १ जना असई, २ जना हवल्दार र ५ जना प्रहरी जवान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्