बेलबारी नगरपालिका चार दिन अत्यावस्यक सेवा बाहेक बन्द


कार्तिक ३, बेलबारी । बेलबारी नगरपालिका कार्यालको मातहतमा रहेको बडा कार्यलयहरु कार्तिक ३ गते देखि ६ गते सम्म बन्द हुने भएको छ । नगरपालिकाले आज सुचना जारी गदै चार दिनकोलागि कार्यालयहरु बन्द रहने जनाएको छ ।

विश्व व्यापीरुपमा फौलिएको नोबेल कोरोना भाईरसका कारण बेलबारीमा पनि संक्रमितको संख्या बढिरहेकोले सेवा बन्द गर्नेपर्ने बेलबारी नगरपालिकाका प्रशासकिय अधिकृत प्रदिप शाहले जनाएका छन् । कार्यालयमा अत्यावस्यक सेवा प्रवाह गरिने सुचनामा उल्लेख गरिएको छ ।

नगरपालिकामा रहेको राष्ट्रसेवक कर्मचारीलाई पनि कारोना भाईरस देखिएकोले कार्यलय बन्द गरिएको कार्यालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्