एन.टी.रेन्ट एण्ड रिकण्डीसन हाउसले भाउन्नेबाट सेवा दिने


भाउन्ने,७ कात्तिक । बेलवारी नगरपालिका वडा न.१० स्थित भाउन्ने चौकमा शुक्रवारबाट एन.टी.रेन्ट एन्ड रिकण्डीसन हाउस सञ्चालनमा आएको छ ।

एन.टी.रेन्ट एन्ड रिकण्डीसनको उद्घाटन बेलवारी नगरपालिका वडा न.१० का अध्यक्ष गंगा याक्खाद्वारा भएको हो ।

युवाहरू नेपालमानै बसेर केही व्यवसाय गर्ने पर्छ भन्ने उद्देश्यले एन.टी. रेन्ट एन्ड रिकण्डीसन हाउस सञ्चालनमा ल्याएको सञ्चालक नवीन थापा बताउँछन् ।

एन.टी.रेन्ट एण्ड रिकण्डीसन हाउसले बाइक तथा कार भाडामा दिनुको साथै जुनसुकै कम्पनीको बाइक खरिदबिक्री गरी ग्राहकहरूलाई नयाँ किसिमको सेवा दिने थापाले बताए ।

उद्घाटन कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय बेलवारीका प्रमुख प्रेम कुमार शाह, समाजसेवी रविन थापा , भाउन्ने क्लबका अध्यक्ष सन्तोष तामाङ लगायत उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्