मधुरो विद्युतीय प्रकाश र अधुरो विद्युतबाट मुक्त


बेलबारी / मधुरो विद्युतीय प्रकाश र अधुरो विद्युतबाट बेलबारी वडा नं. ९ मुक्त भएको छ ।

बेलबारी नगरपालिका वडा नं. ९ का स्थानीयबासीहरू बर्षौ पछि भोल्टेजको अभावबाट मुक्त हुँदै रातमा उज्यालो विद्युतीय प्रकाशको उपभोग गर्न पाए पछि दङग परेका छन् भने वडा ६ ले पनि सुविधा पाएका छन् ।

रातको बेला भोल्टेज नपुग्दा मधुरो बत्तीको प्रकाशमा बस्नु पर्ने बाध्यता थियो । गर्मीमा घरमा जडान गरेको पङ्खा नै चल्न गारो हुन्थ्यो । कम भोल्टेजमा नचल्ने अन्य विद्युतीय उपकरण त झन् चल्ने कुरा नै भएन ।

स्थानीयबासी प्रकाश राईको सक्रियतामा र गाउलेहरुको मागमा वडा नं.९ को प्रगति टोलमा २ एक सय के.भीको ट्रान्सफरमर र वाड नं. ९ र ६ को सीमामा सय के.भीको ट्रान्सफरमर जडान गर्न सफल भए पछि स्थानीयहरू लाभाविम्त भएका छन् ।

गाउलेहरुले बर्षौ देखी धेरै पटक ट्रान्सफरमरको माग गरेता पनि पाउन सकेका थिएनन् तर ऊर्जा मन्त्रालयले उपलब्ध गराए पछि भने स्थानीयहरू खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्