वसन्त बान्तावा राईद्धारा भाउन्ने युथ क्लबलाई फुटबल जर्सी प्रदान


भाउन्ने,१२ कात्तिक । बेलवारी नगरपालिका वडा न. १० स्थित भाउन्ने युथ क्लबलाई मल्टीमिशन ट्रेनिङ सेन्टरद्धारा फुटबल खेलाडीहरुको लागि एक सेट जर्सी प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलवारीनगरपालिका वडा न. १० का अध्यक्ष गंगा याख्खा गरेका थिए ।

मल्टीमिशन ट्रेनिङ सेन्टर धरानका प्रमुख बेलवारीनगरपालिका वडा न. १० निवासी वसन्त बान्तावा राईले रु.बीस हजार बराबर जर्सी प्रदान गरेका थिए ।

भाउन्ने युथ क्लबका अध्यक्ष सन्तोष तामाङले भने युवाहरुको स्वास्थ्यकोलागि खेलकुद आवश्यक रहेकोले मल्टीमिशन ट्रेनिङ सेन्टरले फुटबल जर्सी प्रदान गरेकोमा आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग अनि माया पाउने आशा र विश्वास राख्दै हार्दिक धन्यवाद दिएका छन् ।

कार्यक्रममा फुटबल खेलाडी विक्रम तामाङ पुर्व खेलाडीहरुको सहभगिता रहेको थिए भन्ने क्लबका सल्लाहकार अमिर मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्