कोरोना भाइरसबाट दुई जनाको मृत्यु


रुपन्देही, १२ कार्तिक । कोरोना भाइरसको कारणबाट रुपन्देही र पाल्पाका थप एक–एक जनाको उपचारकै क्रममा ज्यान गएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।दुवै जनाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिएका छन् ।

बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटर नपाएपछि उनलाई असोज ४ गते लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारको लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्