डा. भट्टराईले भने खगेन्द्र संग्रौलाजस्ता व्यक्ति समेत कागको पछि दौडने देशमा के अपेक्षा गर्नु ?


काठमाडौँ,१२ कात्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले खगेन्द्र संग्रौला समेत कान नछामी कागको पछि लागेको भन्दै यस्तो देशमा अरुबाट सत्य, न्याय र विवेकको के अपेक्षा गर्नु ? भन्दै गुनासो गरेका छन् ।

खगेन्द्र संग्रौलाले समेत रअका प्रमुख सामन्त गोएल र पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईबिच गोप्य भेट भएको विषय सामाजिक सञ्जाल ट्वीटरमा लेखेपछि नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

संग्रौलाले ट्वीट गर्दे लेखे डा. बाबुराम भट्टराई रअ प्रमुख सामन्त गोयल्सलाई सुटुक्क भेट्ने, सामन्त गोयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क कोरोना भाइरस सल्काउने, अनि यता बाबुराम आइसोलेसनमा, उता सामन्त आइसोलेसनमा । देहमा भाइरस सल्काउनु सामान्य कुरा हो, दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो ।

डा.बाबुरामको जवाफ खगेन्द्र संग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडने देशमा अरुबाट सत्य, न्याय, बुद्धि, विवेकको के अपेक्षा गर्नु ? भीम मल्ल र भीमसेन थापालाई त्यतिकै मार्ने मेरो देश । बीपी र पीएललाई बाचुञ्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश । अनि हामी पछि नपरे को त ?

प्रतिक्रिया दिनुहोस्