प्रदेश–२ मा भोलि सार्वजनिक विदा


धनुषा, १३ कार्तिक । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा प्रदेश–२ सरकारले कात्तिक १४ गते (भोलि) सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आज सम्पूर्ण इस्लाम धर्मावलम्बी र प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा प्रदेश र देशलाई शान्ति र अहिंसाको बाटामा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्