गृह मन्त्रालयद्धारा दर्ता अपरेटरका लागि दरखास्त आह्वान


काठमाडौ,१३ कात्तिक । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सय जना दर्ता अपरेटरका लागि दरखास्त आह्वान गरिएको छ ।

दर्ता अपरेटरमा काम गर्न चाहनेले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ । आवेदन शुल्क लाग्ने छैन ।

दर्ता अपरेटरका लागि लिखित परीक्षा मंसिर १३ गते तोकिएको छ । दर्ता अपरेटरमा काम गर्ने योग्यता १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने नियम छ । दर्ता अपरेटरमा काम गर्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने नियम बनाइएको छ ।

दर्ता अपरेटरले दैनिक १२ सय रुपैयाँ पारिश्रमिक पाउने छन् । सरकारले हाल हरेक नागरिकलाई नागरिकतासँगै राष्ट्रिय परिचयपत्र दिनेतयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्