प्रदेश १ मा १३४ कोरोना संक्रमित थपिए : ७० जना डिस्चार्ज


विराटनगर, १३ कात्तिक । प्रदेश १ मा आज १३४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरङको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको भद्रपुर र बिर्तामोडमा ८–८, मेचीनगर र कनकाईमा ३–३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ , ते¥हथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ ।

प्रदेश १ मा आज ७० जना डिस्चार्ज भएका छन् । कालि सदन आइसोलेसन र मारवाडी सेवा सदन आइसोलेसनबाट २५–२५, बैजनाथपुर आइसोलेसन र विराट मेडिकल कलेजबाट १०–१० जना डिस्चार्ज भएका हुन । हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ४४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५६ हजार ९८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्