अग्रगामी परिवर्तनको पक्षमा युवा


ऋषि राई – मोरङ, १३ कार्तिक । युवा भन्न साथ नयाँ जोस, जाँगर, उमङ्ग आदि बुझिन्छ । सिद्धान्त युवाको व्याख्या र परिभाषा देश अनुसार फरक पनि पाइने गरिन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ ।

युवा अवस्था उर्वर, उत्पादक अथवा समष्टिगत रूपमा भन्दा जीवनकै स्वर्णिम काल हो । युवा अवस्था आफैमा जिज्ञासु, नयाँ प्रयोग गर्न रुचाउने, जोस र हिम्मतले भरिपूर्ण र सपनाको महल ठडाउने समय हो ।

तर युवा अवस्थाको अप्ठ्यारा, जटिलता र समस्या पनि नभएका होइनन् । विज्ञान प्रविधिको द्रुत विकास र बिस्तार, बिश्वव्यापिकरणको प्रत्यक्ष प्रभावले आजका युवा पङ्क्ति सीमित दायरामा खुम्चिन रुचाउदैनन् । पुरातन सोच र चिन्तन माथि उठेर नवीनतम प्रयोग गर्न चाहन्छन् । समाजका विकृति, विसङ्गति विरुद्ध बोल्न चाहन्छन् । बेथिति, भ्रष्टाचार विरुद्ध लड्न चाहन्छन् । युवा अवस्था आफैमा एउटा विद्रोही र गतिशील उमेर हो ।

राजनीति नेतृत्वले सही दिशानिर्देश गर्न नसक्दा युवाहरू नेतृत्व विहीनको अवस्थामा रहेका पाइन्छ । नेपाली युवा राजनीति र राजनीतिक नेतृत्वबाट आजित छन् । राजनीतिक नेतृत्व प्रति वृत्तिषणा भाव व्याप्त रूपमा पाइन्छ । एउटा किसानको छोरा होस वा उद्योगपति, दुर्गम होस वा सुगम र सहर बजारको सबै युवाहरू राजनीतिबाट कतै न कतै असन्तुष्टि र फ्रस्टेट भएका छन् ।

बेरोजगारी, नातावाद, कृपावाद, भ्रष्टाचार जताततै व्याप्त रहँदा ठन्डा दिमागले सोच्नुस त युवा कति फ्रस्टेट र विद्रोही भएको होला !! एउटा डिग्री होल्डर युवाले जागिर खोज्दा खोज्दै आफ्नो जुत्ताको सुल फाट्दा पनि पहुँच नभएकाले जागिर नपाउँदा समग्र पद्धति प्रति कति रुष्ट र आक्रोशित होला ! निर्मला पन्त जस्ता संयौ निर्दोष चेलीहरूले न्याय नपाउँदा लाखौँ युवा राज्य संयन्त्र प्रति आक्रोशित नहोला र !!

फलः स्वरूप त्यही आक्रोश र विद्रोहको प्रति विम्ंभ सडकमा पोखिने गरेको पाइन्छ । चाहे त्यो “इनफ इज इनफ” होस, बलात्कार विरुद्धको अभियान होस अथवा कुनै पनि अन्याय र बेथिति विरुद्ध होस । सबै अभियान र आन्दोलनमा युवा पङ्क्तिको ठुलो सहभागिता रहेको पाइन्छ ।

यशबाट के प्रस्ट हुन्छ भने आजका युवा सचेत छन्, भ्रष्टाचार, बेथिति, विसङ्गति, अन्याय, अत्याचारको खिलाफमा र परिवर्तनको पक्षमा छन् । परिवर्तन भन्नाले प्रतिगमन तर्फ नभएर प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप उन्नत लोकतन्त्र बनाउँदै समृद्धपालि राष्ट्र बनाउन चाहन्छन । पुराना नेतृत्वलाई सम्मान गर्दै अबको नेतृत्व युवाले गर्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्