“उपचार नपाई कोईपनि थला पर्दैन” : मेयर सुबेदी


लक्ष्मीमार्ग / मधुमेह, उच्च रक्तचाप,थाईराईड ग्याष्ट्रिक बिरामी बढ्न थालेका छन् । शारीरिक भन्दा मानसिक काम गर्ने गरेकाले पिजिसियका बिरामी बढ्ने गरेको जनाइएको छ ।

बेलबारी नगरपालिका वडा नम्बर ११ले आयोजना गरेको एक दिने स्वास्थय शिविरमा चेक जाँच गरिएका ५सय २५ बिरामी मध्ये अधिकांश बिरामी फिजिसियनका भएको चिकित्सकहरूले जनाएका छन् । सारीकी काम थोरै हुने गरेका छन् उपचारमा सल्कन एक चिकित्सकले भने तर खाने कुरामा समे बिषधी मिसाइएको हुन्छ हामी खानेकुरा समेत धेरै चिल्ला खान्छौ ।

लाईफगार्ड अस्पताल विराटनगरको प्राविधिक सहयोगमा स्वास्थय शिविर गरिएको थियो ।उक्त स्वास्थय शिविरमा ईसिजि, भिडियो एक्सरे,रगत जाँच,नाक कान घाटी,मिर्गौला,पिसाब थैली तथा मूत्र रोग,स्त्रीरोग तथा वाल रोगको उपचार गरिएको लाईफगार्ड अस्पतालका माकेटिङ म्यानेजर नीरज श्रेष्ठले बताए । वडा बासीहरूको स्वास्थ्यको अवस्था बुझ्न शिविरको आयोजना गरिएको वडा अध्यक्ष यम बहादुर पोख्रेल (राजन)ले बताए ।

पाँच प्रकृतिका बिरामीलाई २५ हजार कायमै

नगरपालिकाले ५ प्रकारका रोगी, बिरामीहरूलाई उपचारका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेसँगै विभिन्न स्वास्थ्य शिविरसमेत सञ्चालन गरिरहेको छ ।

नगर कार्यपालिकाको बैठकबाट क्यान्सर, मुटु रोगी, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनलकड इन्जुरी लगायतका रोग लागेका बिरामीहरूलाई सहयोग गर्ने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । अहिलेसम्म २सय भन्दा बढीले उपचारको सहयोग रकम लगिसकेका छन् ।

उपचार नपाई कोईपनि थला पर्नु पर्दैन मेयर सुवेदी

आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका बस्तीमा नै पुगेर नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । महिला, बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना नगरले गर्ने गरेको छ ।

खर्च अभाव भएर तथा उपचार नपाई कोही पनि बिरामी भएर ओछ्यानमा थला पर्न नदिने गरी नगरपालिकाले स्वास्थ्य शिविरको आयोजना गरेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । अहिले सम्म नगरपालिकाले तिन दर्जन भन्दा बढी शिविर गाउँमा गरेको समेत उनले जनाए ।

शिविर वाट २०हजार भन्दा बढी नगरवासीले सेवा लिएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्