केरावारीबाट पाँच जना जुवाडे पक्राउ


केराबारी,१६ कात्तिक । मोरङको केराबारी ६ सानो रांग्चा स्थित हरि एग्रिकल्चर एण्ड लाइव स्टक सेन्टर प्रालि कालिज फर्ममा छापा मार्दा जुवा तास खेलिरहेको अवस्थामा नगदसहित पाँच जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका वडा नं.६ बर्ष ६० को भुपेन्द्र भट्टराई , बर्ष ४३ को बोधराज मगर, धरान उप महानगरपालिका वडा नं.१५ बस्ने बर्ष ३६ को अरूण केसी वर्ष ३६ को हरी खत्री, बर्ष ३८ को शैलेस भुजेल रहेको प्रहरीले जानकारी गराएको छ ।

पक्राउ परेकाहरुको साथबाट नगद ८ लाख ८९ हजार २सय ५० सहित १३ वुक तास २ ओटा स्कुटी दुइओटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार साँझ साढे ५ बजेतिर विशेष सूचना पाएर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको अप्रेसन टोलीले जुवा तास खेलिरहेका केराबारी ६ का एकजना सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरु हाल जिल्ला प्रहरी कार्यालय मोरङ्गमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्