शिक्षक महासंघ केराबारीका संयोजक देवकुमार नेपालको निधन


केरावारी,१८ कात्तिक । शिक्षक महासंघ केराबारीका संयोजक देवकुमार नेपालको मंगलबार विहान निधन भएको छ ।

कोरोना संक्रमित नेपाललाई बीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा आज (मंगलबार) विहान ४ बजे निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।केयु एकेडेमीका डाइरेक्टर,केराबारी गाउँपालिका शिक्षा समितिका सदस्य तथा नेकपा केराबारीका संगठित पार्टी सदस्य समेत रहेका नेपाल मच्छिन्द्र मावि शिक्षक हुन् ।

केराबारीका विभिन्न सामाजिक संघसंस्थामा महत्वपुर्ण जिम्बेबारी सम्हाल्दै आएका नेपालको निधनले केराबारीलाई अपुरणीय क्षति पुगेको भन्दै सामाजिक अभियन्ताहरुले दुख व्यक्त गरेका छन् । उनको एक छोरा र एक छोरी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्