सुविसु क्यान इन्फोटेक २०१९ सुरु


विराटनगरमा  / क्यान महासङ्घ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा बिहीबारदेखि सुविसु क्यान इन्फोटेक इन एसोसिएसन विथ म्याकक्याफे २०१९ क्यान इन्फोटेक सुरु भएको छ । पहिलो दिन इन्फोटेकमा उल्लेख्य सङ्ख्यामा अवलोकनकर्ताहरु आएको आयोजकले जानकारी दिएको छ । पहिलो दिन नै अवलोकनकर्तालाई कम्पनीहरूले प्रडक्ट तथा सेवाहरूमा छुट र अफरहरू प्रदान गरेका छन् ।


सुविसुको भयङ्कर अफरले धेरैलाई आकर्षित गरेको छ । यसै गरी इन्टरनेटमा वल्र्डलिंक, भायनेट, कनेक्ट वल्र्ड लगायतका कम्पनीहरूले अफरहरू दिएका छन् । स्मार्ट ग्याजेट्स र इन्टरनेट रमाउने हाम्रो जीवनशैलीलाई इन्फोटेकका प्रविधिहरूले धेरैलाई लोभ्याएको छ । ल्यापटप, प्रिन्टर लगायतका कम्प्युटर प्रडक्टहरुमा पनि कम्पनीहरूले विभिन्न छुट र अफरहरू दिएका छन् । इन्फोटेकमा सेक्युरिटी क्यामेरा तथा डिभाइसहरुले कर्पोरेट क्लाइन्टहरुलाई च्वाइसको अवसर दिएको छ । इन्भेन्टरी, एकाउन्ट, एचआर लयायतका सफ्टवेयरहरूले पनि विराटनगरमा सम्भावनाको अवसरलाई जागृत गरेको छ ।

अवलोकनकर्ताहरु स्मार्ट ग्याजेट्स, एसेसरिज तथा डिभाइसहरुमा आकर्षित भएका छन् । बिजसंसार, नयाँ नौलो लगायतका स्टलहरूमा युवाहरूको भिडभाड छ । यसै गरी म्याकक्याफे, क्यासपरस्काई, एनपी एभी सेक्युरिटी प्रडक्ट तथा एन्टिभाइरस प्रडक्टहरुले पनि अवलोकनकर्तालाई छुट दिएका छन् । विग होटेलले इन्फोटेकका पाहुनालाई ३० प्रतिशतको छुट दिएको छ ।

इन्फोटेकमा १५ भन्दा समूह पब्जी गेम कम्पिटिशनमा भाग लिएका छन् । धेरै युवाहरूको आकर्षण रहेको गेम प्रतिस्पर्धा तथा रोबोवारमा सहभागी हुने क्रम बढिरहेको छ । यसै गरी इन्फोटेकमा पाइन ओभरसिज, सफ्टजेन, सिबी प्लस लगायतले मेलाकै अवसरमा प्रडक्ट सार्वजनिक गरेका छन् । डेल्टाटेक, प्रमिस टु सेक्युरले नयाँ सफ्टवेयर तथा प्रविधिहरू मेलामा प्रदर्शन गरेका छन् ।

प्रदेश १ सरकारका संघिय मामला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेपश्चात् सुरु भएको कार्यक्रममा १ सय बढी स्टलहरूको सहभागिता रहेको छ । ७ वर्षको अन्तराल पश्चात् विराटनगरमा भइरहेको इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण बढेको छ । ५ दिनसम्म सञ्चालन हुने इन्फोटेकमा २ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । रोबोकप, पब्जी गेम कम्पिटिशन लगाउनले युवा तथा विद्यार्थीलाई आकर्षण थपेको छ ।

प्रदेश सरकार प्रविधि मैत्री बनाइने : हिक्मत कार्की, मन्त्री,

संघिय मामिला तथा कानुन मन्त्रालय प्रदेश एकका संघिय मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गर्दै कार्यक्रमले विराटनगर तथा समग्र प्रदेशमा नै प्रविधिको लहर ल्याएको बताए । अबको सरकार प्रविधि मैत्री हुनै पर्ने बताउँदै उनले यसको लागि क्यान तथा विज्ञहरूसँग सहकार्य गर्न तयार रहेको बताए । यसै गरी प्रदेश सभासद् केदार कार्कीले अब अफ गर्ने नभएर काममा प्रविधिको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए । उनले भ्रष्टाचार नियन्त्रण गर्न अबको सरकारले प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै विराटनगर उपमहानगरपालिकाका मेयर भीम पराजुलीले स्थानीय निकाय बिस्तारै प्रविधिको प्रयोग गरेर डिजिटल गर्भनेन्स तर्फ अघि बढिरहेको जानकारी दिए । उनले क्यान लगायत स्थानीय प्रविधि जानकारहरूसँग सहकार्य गरेर नगरपालिका अघि बढ्न चाहेको बताउँदै इन्फोटेकको सफलताको कामना गरे । क्यान महासङ्घ मोरङका अध्यक्ष राजन यादवले अबको समय सूचना प्रविधिको भएकोले सरकार र निजी क्षेत्र पनि यसको प्रयोग र प्रवद्धनमा लाग्नुपर्ने बताए । क्यान मोरङले धेरै मेहनतसँगै इन्फोटेकको आयोजना गरिरहेको हुँदा सफल बनाउन उनले आग्रह गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै क्यान महासङ्घका केन्द्र«य कोषाध्यक्ष खुसल रेग्मीले सरकारले प्रविधिलाई प्राथमिकतामा राखेर काम गर्नसके मात्र इ नेपाल बनाउन सकिने बताए । कार्यक्रममा स्थानीय नेता, बुद्धिजीवी लगायत स्पोन्सर तथा एक्जिविटर्सहरुको उपस्थिति रहेको थियो ।

स्मार्ट सिटीमा आइसिटी कन्फ्रेन्स

विराटनगरमा जारी क्यान इन्फोटेकको तेस्रो दिन आइसिटी कन्फ्रेन्सको आयोजना हुने भएको छ । स्मार्ट सिटी विषयमा केन्द्र«त आइसिटी कन्फ्रेन्समा विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कन्फ्रेन्समा कि नोट स्पिकरको रूपमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर मनिष पोखरेल रहनुभएको छ । यसै गरी एक्सेसिवल गुड गर्भनेन्समा तुषार न्यौपाने, फिनटेकमा इसेवाका रुपेश न्यौपानेले कार्यपत्र पस्तुत गर्नुहुने छ । यसै गरी आइओटी तथा पछिल्ला प्रविधिहरूको बारेमा मडिन्द« अर्यालले प्रस्तुति दिनुहुनेछ । विभिन्न नगरपालिकाका मेया्र, उपमेयरको समेत सहभागिता रहने कार्यक्रम जैन भवनस्थित दोस्रो तल्लामा रहेको हलमा आयोजना हुनेछ । १० बजेदेखि सुरु हुने कन्फ्रेन्स ३ बजेसम्म सञ्चालन हुनेछ । कन्फ्रेन्समा निःशुल्क सहभागिता जनाउन सकिनेछ ।

इन्फोटेकमा रोबोवार

इन्फोटेकको आकर्षणको रूपमा रहेको रोबोवार शुक्रवार आयोजना भएको छ । विभिन्न १५ बढी समूहहरूको सहभागिता रहेको कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरे । उद्घाटनमा रोबोट प्रतिस्पर्धा गर्दै क्यान मोरङ अध्यक्ष राजन यादवलाई पराजित गरेका थिए । उनले अब सूचना प्रविधिको युग भएकोले युवाहरूको आकर्षण बढिरहेको बताए । महानगरले सबैसँग हातेमालो गर्दै यस क्षेत्रमा काम गर्ने पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्