भारतीय सेना प्रमुख नरवणे प्रधानमन्त्री ओलीलाई भेटेर स्वदेश फकिँदै


काठमाडौं, २१ कार्तिक ।भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज (शुक्रबार) नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गएका छन् ।

उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइने नेपाली सेनाले जनाएको छ । उनी नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर बिहान आठ बजे सोलुखुम्बु पुगेका छन् । अगुष्टा भीभीआईपीका लागि नेपाली सेनाले खरिद गरेको हेलिकप्टर हो ।३ हजार ८ सय ८० मिटर उचाइमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट गर्ने र हिमालको दृष्य अवलोकन गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

काठमाडौं फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर उनी आजै स्वदेश फर्किंदै छन् । प्रधानमन्त्रीसँग कति बजे भेट हुने कार्यक्रम तय नभए पनि लगभग २ बजे उनीहरुको बीचमा भेट हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्