केराबारीमा कोरोना संक्रमणको कारण दुई दाजुभाईको निधन


बेलबारी,२४ कात्तिक । कोरोना संक्रमणको कारण मोरंङको केराबारीमा एक आमाको दुई दाजुभाईको ६ दिनको अन्तरले उपचार गर्ने क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा केराबारी ८ का भाई ५७ वर्षिय देवकुमार नेपालको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत कोभिड अस्पतालमा गत कार्तिक १८ गते मृत्यु भएका थिए भने केराबारी ३ स्थाई घर भएका ५९ वर्षिय दाजु राजकुमार नेपालको विराटनगर स्थित विराट शिक्षण अस्पतालमा ६ दिनको अन्तरालमा मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि कार्तिक ११ गते विराट शिक्षण अस्पताल विराटनगरमा भर्ना गरिएका राजकुमारको कार्तिक २३ गते आइतबार विहान १०ः३० बजे मृत्यु भएको हो । कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको १२ दिनपछि राजकुमारको ज्यान गएको हो । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार मृतकमा निमोनिया, मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्