प्यावसनले वाड्यो दृष्टि विहीनहरूलाई सुईटर र टोपी


बेलबारी / निजी तथा आवासीय विद्यालय अर्गानाईजेशन नेपाल को स्थापना दिवसका अवसरमा दृष्टिविहीन बिद्यबार्थीहरुलाई विद्यालय पोसाक सुईटर तथा टोपी वितरण गरिएको छ ।

बेलबारी २मा रहेको कविर माध्यमिक विद्यालयका १४जना विद्यार्थीलाई पोसाक वितरण प्यावसन नगर समिति बेलबारीले गरेको हो । जाडो समयमा विद्यार्थीहरूलाई विद्यालय पोसाक सुईटर तथा टोपी वितरण गरेको प्याबसन बेलबारीका अध्यक्ष भुपाल बस्नेतले बताए ।

सधैँ विराटनगरमा मनाउँदै आएको दिवस यो वर्ष देखी मोरङका १७ ओटै स्थानीय तहमा मनाइएको प्यावसन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए । देशमा सघियता आए सँगै सबै स्थानीय तहमै प्यावसलने गतिविधि बढाउने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्